एमयूका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई अवसर

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले परीक्षाका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने अवसर पाउने भएका छन् । सबै ग्य्राजुएट स्कुलहरुमा सञ्चालित स्नातक तहमा सन् २०१८ र स्नातको त्तर तहमा सन् २०२१ मा भर्ना भएका विद्यार्थीले यस्तो अवसर पाउनेछन् ।

विश्वविद्यालयले प्रदान गरेको निर्धारित समयभित्र उत्तिर्ण हुन नसकेका विद्यार्थी हरुका लागि यस्तो अवसर दिइएको हो ।
उनीहरुले सन् २०२५ जुन २४ भित्र परीक्षा सम्बन्धीका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्न अवसर पाउनेछन् । विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको फागुन १ गते बसेको ३२औं बैठकले यो निर्णय गरेको हो ।

सदस्य सचिव प्रा.डा. यमबहादुर कार्कीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘परीक्षा सम्बन्धी सम्पूर्ण कार्यहरु आन्तरिक तथा बाह्य परीक्षा, परियोजना कार्य, प्रयोगात्मक कार्य र शोधकार्य मध्ये कुनै वा सबै पूरा उत्तिर्ण गर्न नसकेका वा अन्य कारणले छुटेका विद्यार्थीहरुलाई सम्पन्न गर्न समय प्रदान गरिएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार